श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ २७ गते मङ्गलबार, १० जुन २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको चतुर्दशी तिथि ११ः१३ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र अनुराधा १८ः१३ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः०९ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ । शरीरमा कमजोरी अनुभूति हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला। पहिलेका कमजोरीमा क्रमशः सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अतिथिका रूपमा सम्मान प्राप्त होला। विभिन्न सहयोग र उपहारसमेत पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ । वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।सुखद् समाचारले उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थिति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ । साथीभाइले साथ दिनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनु होला।