श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ २६ गते सोमबार, ९ जुन २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको त्रयोदशी तिथि ०९ः५९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र विशाखा ०९ः५९ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः०९ बजे र सूर्यास्त ०६ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

दिन मनोरञ्जनपूर्ण रहनेछ। धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने देखिन्छ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारजनको साथले केही समस्या सुल्झनेछन्। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ। निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अधिक खर्च गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतका साथसाथै गोपनीयतामा पनि ध्यान पु¥याउनुहोला।मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सन्तानको साथले उत्साह जगाउनेछ।निर्णय लिएर पनि शङ्का गर्ने बानीले दुविधा उत्पन्न हुनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन्। प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ। शुभचिन्तकहरू जुट्नाले उचित कर्मफल प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ।