धरान। मोरङको केराबारीमा आयोजित प्रथम केराबारी सिङ्गिङ आइडलको विजेता केराबारी वडा नम्बर - ९ कि सरला तामाङ भएकी छन्।

शनिबार भएको फाइनलमा उनले ९ जनालाई पछि पारदै विजेता  बनेकी हुन। बिजेता तामाङले नगद ४० हजार, ट्रफी साथै  एउटा गीत रेकर्डिङ पुरस्कार प्राप्त गरेकी छिन।

 त्यसैगरी फस्ट रनरअप केराबारी वडा नम्बर -५ कि मनिता कुवर भएकी छन्। उनले  नगद २० हजार , ट्रफी र एउटा गीत रेकर्डिङ पुरस्कर प्राप्त गरेकी छन्।  सेकेण्ड  रनरअप बनेका केराबारी वडा नम्बर -२ का दिलिप लिम्बूले नगद १५ हजार र सान्तवना भएका केराबारी  वडा नम्बर -१ का बिमल लिम्बूले नगद १० हजार पुरस्कार प्राप्त गरेका छन्।

केराबारी मिडिया हाउसको आयोजना र केराबारी गाँउपालिकाको सहयोगमा भएको उक्त  कार्यक्रमका मुख्य निर्णायक नेपालको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालका निर्णायक गायक तथा सङ्गीतकार उदय सोताङ रहेका थिए। साथै  गीतकार तथा सङ्गीतकार जबि थुलुङ , सङ्गीतकार रमेस सुवेदी निर्णायक मण्डलमा रहेका थिए । 

सङ्गीतको क्षेत्रमा शारीरिक अशक्तताको बावजुध योगदान पुर्याएका केराबारी निवासी सङ्गीतकार रमेस सुबेदीलाई  कार्यक्रमका प्रमुख अतिथि तथा केराबारी गाउपालिकाका अध्यक्ष सुमन मिरिङ चिङ र केराबारी अनलाईन मिडिया प्रालिका अध्यक्ष भक्तशेर लिम्बुले संयुक्त रुपमा टोपी ओडाएर सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि  सुमन मिरिङ्चिङले यसपालिको प्रथम केराबारी सिगिङ्ग आइडलले नानिहरु लुकेर बसेको प्रतिभाको उजागर गरेको छ। स्थानीय स्तरमा यस्ता कार्यक्रम गर्ने सके कला मात्रै नभएर पालिकाको समेत प्रवर्दन हुने भएकाले आगमी बर्षदेखि गायन संगै नृत्यलाई समेज समेटेर भव्य रुपले कार्यक्रम गर्ने बताएका छन्।