श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८२ साल जेठ २४ गते शनिबार, ७ जुन २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको एकादशी तिथि ०५ः२३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र चित्रा १०ः०७ बजेसम्म, उप्रान्त  स्वाती, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः१० बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

काममा केही चुनौतीहरू देखिनेछन् । सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन्।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

छोटो समयमा फाइदा लिन सकिनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनसक्छ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। फाइदा नहुने काममा समय बित्नेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दोहो¥याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। कमजोरीलाई सुधार्ने मौका छ।