श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ २२ गते बिहीबार, ५ जुन २०२५, सिद्धार्थीनाम संवत्सर । ज्येष्ठ शुक्लपक्षको दशमी तिथि ०३ः३५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरफाल्गुनी ०५ः४९ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः१० बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामका लागि केही दौडधुप गर्नुपर्ने हुनसक्छ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ । बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिद्वन्द्वीहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। तर गोपनीयतामा भने सावधान रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा र किनमेलमा केही फजुल खर्च बढ्न सक्छ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा उपलब्धि प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारलगायत आर्थिक काममा मन्दी आउन सक्छ।तर आज अरूलाई दिने नभई भिœयाउने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशेष योजना सार्वजनिक नगर्नुहोला। मिहिनेतले काम पूरा हुन परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आवेशमा काम गर्दा विवादमा परिनेछ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन्। काम थाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन्।