श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ २१ गते बुधबार, ४ जुन २०२५,सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको नवमी तिथि ०२ः०६ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र उत्तरफाल्गुनी ०४ः१३ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि, सिंह, सूर्याेदय ०५ः१० बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। सुख–सुविधा प्राप्त हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

घरेलु प्रयोजनका विशेष सामान जुटाउन सकिनेछ। पशुधन र कृषि–व्यवसायबाट मनग्य लाभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायमा बाधा पुग्नेछ । अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट उपलब्धि प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लाभ उठाउन हतार नगर्नुहोला । सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। चिताएको काम बन्नेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ । सम्मानित स्थान प्राप्त हुनसक्छ। कामले राम्रो उपलब्धि दिलाउनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ।