श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ २० गते मङ्गलबार, ३ जुन २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि ०१ः०२ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वफाल्गुनी ०४ः१३ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः१० बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। सङ्घर्षले कर्मयोग अघि बढ्नेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काममा धेरै समय जुट्न नसकिएला, योजना गोप्य राखेर अघि बढ्नुहोला। स्वतन्त्रतामा बाधा पुग्न सक्छ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। सानो कमजोरीले बाधा पु¥याउनेछ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुनसक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पेसा–व्यवसायमा आंशिक लाभ उठाउन सफल भइनेछ। फाइदाका लागि केही काम दोहो¥याउनु पर्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शत्रुहरू परास्त हुनेछन् । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी प्रशस्तै बढ्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पेसा व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लगनशीलताले सङ्कल्प पूरा गर्न सकिनेछ। काम दोहो¥याउनु परे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।