श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि. सं. २०८२ साल जेठ १८ गते आइतबार, १ जुन २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको षष्ठी तिथि २४ः२३ बजेसम्म उप्रान्त सप्तमी, नक्षत्र अश्लेषा ०२ः०५ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः१० बजे र सूर्यास्त ०६ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घर–गृहस्थीमा समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्नसक्छ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
महŒवाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
व्यवहारमा अरूको भर पर्दा धोका हुनसक्छ, सचेत रहनुहोला।सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विवादास्पद काममा जुट्नुपरे पनि धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजा कमजोर देखिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ।