श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ १६ गते शुक्रबार, ३० मे २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथि ०१ः४३ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पुनर्वशु ०१ः५५ बजेसम्म, उप्रान्त  तिष्य, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः११ बजे र सूर्यास्त ०६ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।      
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। पुरुषार्थले काममा सफलता दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सम्पादित कामबाट धनलाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने समय छ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशेष अवसरले प्रसन्नता दिलाउनेछ । सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुने सम्भावना छ, हौसला जाग्नेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभावले काम पूर्ण नहुन सक्छ। थालेको काम दोहो¥याउनु पर्ला।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। साथीभाइको सहयोगले यात्रा हुनेछ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला। समाज सेवा गर्ने अवसर प्राप्त हुनेछ ।