श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ १५ गते बिहीबार, २९ मे २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको तृतीया तिथि ०३ः०३ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र आद्र्रा ०२ः२० बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः११ बजे र सूर्यास्त ०६ः५२बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको बारेमा चासो राख्दा स्वयम् समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेको प्रगति नहुन सक्छ।      
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले व्यवहारमा सजग रहनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काम बन्नेछन्। व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
सोख र हडबडीले केही समस्या निम्त्याउन सक्छ। काम बने पनि सानो त्रुटि सच्याउन निकै मिहिनेत गर्नुपर्ला। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक माहोल केही कमजोर बन्ने देखिन्छ। खानपानको सोखले स्वास्थ्य कमजोर बन्न सक्छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोली र व्यवहारमा सावधान रहनुहोला। किनमेलमा खर्च हुनेछ।खर्च भए पनि सोचेको प्रगति नहुन सक्छ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर आए पनि पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको श्रमबाट पछिलाई सञ्चय हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।  
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनपर्ने वस्तु उपहारका रूपमा प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन जुटाउन सकिनेछ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो रकम अरूका लागि खर्चनुपर्ला। साँझतिर अर्थ अभाव देखापर्न सक्छ। ऋण लिनुपर्ने हुनसक्छ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सोखले खर्च बढाउनेछ। आँटेको काम रोकिन सक्छ। यात्रा गर्दा विशेष ध्यान दिनुहोला ।