श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ १४ गते बुधबार, २८ मे २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि ०५ः१८ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र मृगशिरा भोलि १२ः४४ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः१२ बजे र सूर्यास्त ०६ः५१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली र व्यवहारमा अलि सजग रहनुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साविकजस्तै फाइदा भइरहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा अनायासै व्यवधान देखापर्न सक्छ । अर्थ अभावले सताउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले दुःख पाइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
श्रमको उचित मूल्याङ्कन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले रकम खर्च हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारमा आंशिक फाइदा उठाउन सकिनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।स्वास्थ्यमा सुधार आउला।