श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ ३ गते शनिबार, १७ मे २०२५, सिद्धार्थीनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको पञ्चमी तिथि ०५ः३२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वाषाढा ०५ः५९ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः१३ बजे र सूर्यास्त ०६ः४६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। कामकाजले नाम र प्रतिष्ठा दिलाउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पु¥याउनुहोला । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।कामको चापबाट फुर्सदिलो भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा सामान्य लाभ हुनेछ। आयमूलक काम प्रारम्भ हुन सक्छ। प्रेमको बन्धन कसिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। शत्रुहरू स्वतः किनारा लाग्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ।