श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ २ गते शुक्रबार, १६ मे २०२५, सिद्धार्थीनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको चतुर्थी तिथि भोलि ०५ः३२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मूल ०४ः२३ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः१४ बजे र सूर्यास्त ०६ः४६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाइको निम्तो प्राप्त हुनसक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋणमोचन हुने सम्भावना छ। रकम हातलागी भए पनि खर्च गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मध्याह्नपछि आकस्मिक खर्च बढ्नाले अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फाइदा हुने काम प्रारम्भ हुनसक्छ।समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर आकस्मिक समस्याले खर्च गराउला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हिम्मतले काम बनाउन सकिनेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। समुदायको हितमा काम गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहने देखिन्छ।