श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ १ गते बिहीबार, १५ मे २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको तृतीया तिथि भोलि ०४ः२२ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र ज्येष्ठा ०२ः०३ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः१४ बजे र सूर्यास्त ०६ः४५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरका लागि केही त्याग गर्नुपर्ला। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्।प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पु¥याउनुहोला। काममा उत्साह जाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।शुभचिन्तकहरूले साथ दिनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पढाइ लेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको नयाँ स्रोत पहिल्याउन सकिनेछ।