श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख २९ गते सोमबार, १२ मे २०२५, सिद्धार्थीनाम संवत्सर । वैशाख शुक्लपक्षको पूर्णिमा तिथि १०ः४७ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र स्वाती ०६ः३५ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः१६ बजे र सूर्यास्त ०६ः४३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जीवनशैलीमा परिवर्तन आउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्रताको बन्धन कसिलो हुनेछ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । कमजोर नतिजा सच्याउन केही काम दोहो¥याउनु पर्ने हुनसक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरका बीचबाट कर्मयोग अघि बढ्नेछ । चुनौती पन्छाएर काम बनाउन विशेष अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लक्ष्यअनुसार काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सन्तानको साथले उत्साह जगाउनेछ।हिस्सेदारसँग असमझदारी बढ्नाले समस्या आउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतको उपयोगले जटिल ठानिएको काम सम्पादन हुनेछ। गरेको कामबाट दिगो फाइदा उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनको डर उत्साहमा रूपान्तरित हुनेछ । अभिभावकको सहयोग लिँदा विशेष काम सम्पादन हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सफलताले धन आर्जन हुनेछ। काम थाल्नुअघि विचार पु¥याउनु होला। मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्।