श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख २८ गते आइतबार, ११ मे २०२५, सिद्धार्थीनाम संवत्सर। वैशाख शुक्लपक्षको चतुर्दशी तिथि ०८ः२४ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र स्वाती भोलि ०६ः३५ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि  तुला, सूर्योदय ०५ः१७ बजे र सूर्यास्त ०६ः४३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। अरूले फाइदा उठाउने कोशिस गर्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदा हुने काम थालनी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। थालकोे काम दोहो¥याउनु पर्ने हुनसक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। मध्याह्नदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गलत व्यक्तिको विश्वास गर्दा धोका हुनसक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। मध्याह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। खानपानमा ध्यान दिनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।