श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख २४ गते बुधबार, ७ मे २०२५, सिद्धार्थीनाम संवत्सर। वैशाख शुक्लपक्षको दशमी तिथि १०ः३८ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वफाल्गुनी ०६ः३३ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः२० बजे र सूर्यास्त ०६ः४१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सेवामूलक काम बीचैमा रोकिन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा बाधा पुग्नेछ । फाइदाको स्रोत पहिल्याउन सफल भइनेछ। दोहो¥याएर प्रयत्न गरे काम सम्पादन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अरूलाई दिने नभई भिœयाउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको साथ– सहयोग प्राप्त हुनेछ। व्यापारमा अवश्यै लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा जग बसाउने मौका छ । रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानोतिनो काममा सञ्चित रकम खर्चनु पर्ला। बेलामा होस नपु¥याउँदा बाध्यतामा परिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।