श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख २३ गते मङ्गलबार, ६ मे २०२५, सिद्धार्थीनाम संवत्सर। वैशाख शुक्लपक्षको नवमी तिथि ०८ः५६ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मघा ०४ः०६ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः२० बजे र सूर्यास्त ०६ः४० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। आफन्तका लागि समय र धन खर्च हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदारीमा समस्या आउनाले सम्झौता भङ्ग हुनसक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तत्काल योजना सार्वजनिक नगर्नुहोला। आफन्त रिसाउने तथा काम बिग्रने डरले सताउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ योजनामा निर्णय लिन हतार नगर्नुहोला।नयाँ काम प्रारम्भ गर्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। मानसम्मान पनि प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। दिगो काममा सम्झौता गर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।