श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ २० गते आइतबार, २
फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। माघ शुक्लपक्षको चतुर्थी तिथि
०९ः२७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तरभाद्र भोलि ०१ः०३ बजेसम्म,
उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः४९ बजे र सूर्यास्त १७ः४५
बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक प्रभाव पनि बढ्नेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगानी बढाउने मौका प्राप्त हुनेछ । काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा दोहो¥याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ।प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा केही चुनौतीहरू देखिनेछन् र सहयोग गर्नेहरू कमै भेटिनेछन् । तापनि पहिलेको सफलताले हौसला जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयमा समस्या दर्शाउँदा साथ दिनेहरू फेला पर्नेछन्। नयाँ कामको प्रस्ताव आउन सक्छ।