श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ १७ गते बिहीबार,
३० जनवरी २०२५, कालयुक्तनाम संवत्सर। माघ शुक्लपक्षको प्रतिपदा तिथि
१६ः२९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र श्रवण ०७ः३१ बजेसम्म, उप्रान्त
शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः५० बजे र सूर्यास्त १७ः४३ बजे
हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। प्रयत्न गर्दा कार्यसिद्धिको समय छ। दिन राम्रो रहेको छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सहयोग जुट्नाले काम बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, मिहिनेत गर्नुहोला।परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पछिका लागि अवसर खोजी गर्ने समय छ। पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। कामले यात्राको अवसर दिलाउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ ज्ञान सिक्ने मौका छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतीका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्र्धामा विजयी भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ।