श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८१ साल माघ १५ गते मङ्गलबार, २८ जनवरी  २०२५, कालयुक्तनाम संवत्सर। माघ कृष्णपक्षको चतुर्दशी  तिथि  १९ः५६ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र पूर्वाषाढा ०९ः१६ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रशमा राशि धनु, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त १७ः४१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोग गर्नेहरू पछि हट्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चनु पर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। थालेको कामलाई निरन्तरता दिन सकिनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम खोजी गर्ने समय छ।स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनु पर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यस्तता बढ्नेछ, स्वास्थ्य समस्याले कमजोरी अनुभूति हुनेछ। सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ। गरिआएको कामलाई निरन्तरता दिन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरका लागि चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको विश्वास गर्दा गोपनीयता बाहिरिन सक्छ। अवसरवादीहरूले फाइदा उठाउन सक्छन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विवादले समस्या निम्त्याउन सक्छ । तापनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आंशिक फाइदा होला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामकाजमा अलि होसियार रहनुपर्ला । आलोचकबाट अलि सावधान रहनुहोला । मिहिनेतीलाई उपलब्धि प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । काम पनि सम्पादन हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिकूल परिस्थितिका बावजुद लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।