Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • मेचीनगरका विद्यालयमा स्तनपान कक्षको अभाव

मेचीनगरका विद्यालयमा स्तनपान कक्षको अभाव

alt
  • साउन १९, २०८१
  • ब्लाष्ट खबर

झापा/मेचीनगर नगरपालिका क्षेत्रका महिला प्रधानाध्यापक तथा शिक्षिकाले विद्यालयमा स्तनपान कक्षको अभाव भएको बताए।

नगरका ३१ जना महिला शिक्षिकाहरुले तीन महिने सुत्केरी विदा सकिएपछि शिशु लिएर विद्यालयमा जानुपर्ने बाध्यता रहेकाले अनिवार्य स्तनपान कक्ष आवश्यक राख्न माग समेत गरेका छन्।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथाकी, उपप्रमुख मिना उप्रेती र शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीलाई समेत भेट गरी स्तनपान कक्षको व्यवस्था गरिदिन आग्रह गरेको कविशिरोमणि माविका शिक्षिका नीलु शर्माले बताए।
“सरकारले सुत्केरी विदा भनेर तीन महिना बिदा दिने गरेको छ,” उनले भने–“त्यसपछि त विद्यालयमा जानैपर्छ।अधिकांश सुत्केरी गुरुआमाहरु आफ्ना बच्चाहरु च्यापेर विद्यालय पुगे उनका लागि स्तनपान गराउने अलग्गै सुरक्षित कोठाको व्यवस्था छैन।” उनले नगरका अधिकांश विद्यालयमा स्तनपान कक्षको व्यवस्था नभएको बताए। उनले स्तनपान गराउन घरसम्म जानुपर्ने बाध्यता रहेता पनि उल्टै किन घर गएको भनेर खप्की खानुपर्ने अवस्था रहेको गुनासो गरे।

अलग कोठाको प्रबन्ध नहुँदा शिक्षिका र छात्राले महिनावारीको अवस्थामा विद्यालयमा असुविधा व्यहोर्ने गरेको मेचीनगर–१ स्थित वाल विकास आधारभूत विद्यालयका शिक्षिका फडिन्द्र पौडेलले बताए। अधिकांश विद्यालयमा स्तनपान कक्ष र अलगको व्यवस्था नभएको उनले सुनाए।

विद्यालयहरुमा स्तनपान कक्ष र अलग कोठा मात्र नभएर शौचालय, पिउने पानी, खेलमैदान, खाजा घरलगायतका सुविधा तथा संरचनाको अभाव रहेको शिक्षिकाहरुले गुनासो गरे । विद्यालयमा छात्रा तथा शिक्षिकाहरुका लागि अलग शौचालय नहुँदा अप्ठेरो अवस्थाको सिर्जना हुने गरेको मेचीनगर–१५ स्थित ज्ञानद्वीप आधारभूत विद्यालयका प्रधानाध्यापक अञ्जु पौडेलले बताए।

शिक्षिकाहरुले महिला प्रधानाध्यापक रहेका विद्यालयमा भौतिक सुविधाका संरचना निर्माणमा पर्याप्त बजेट बिनियोजन गरिदिन माग गरेका छन्। खानेपानीको धारा, शिक्षिका तथा छात्राका लागि शौचालय, स्तनपान कक्ष र अलग निर्माणमा सरकारले बजेट दिनुपर्ने उनिहरुको माग छ। तुलनात्मक रुपमा ग्रामीण भन्दा सहरी क्षेत्रका विद्यालयमा सुविधा ज्यादा रहेको र गाउँका विद्यालयको भौतिक साधन र स्रोतको अवस्था दयनीय रहेको मेचीनगर–४ को दीपेन्द्र आधारभूत विद्यालयक प्रधानध्यापक शान्ता निरौलाले बताए।असुविधाकै कारण अधिकांश छात्राले पढाई छाड्ने गरेको उनको भनाइ थियो ।

मेचीनगर–२ को भानु माध्यमिक विद्यालयका प्रधानध्यापक खड्गकुमारी तिम्सिनाले विद्यालयमा मनोपरामर्श सेवाको व्यवस्था हुनुपर्ने र विद्यार्थी दिवा खाजाको रकम पर्याप्त हुनुपर्ने माग गरे। बाल कक्षामा कार्यरत शिक्षिकाहरु अवकाशबाट घर फर्किदा खाली हात जानुपर्ने गुनासो शिक्षिकाहरुले सुनाएका थिए ।
शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले शिक्षिकाहरुले उठान गर्नु भएको समस्या समाधानका लागि नगरपालिकाले शीघ्र पहल गर्ने र कतिपय विषय कार्यान्वयनको प्रक्रियामा रहेको बताए।

सुरक्षित मातृत्व तथा स्वास्थ्य अधिकार ऐन २०७५ मा हरेक स्वास्थ्य सस्थामा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।
सम्बन्धित समाचार
ताप्लेजुङमा एकपछि अर्को भीषण आगलागी

धरान । पछिल्ला आठ दशकमा ताप्लेजुङमा ‘भीषण आगलागीका घटना’ दर्जनभन्दा बढी रहे ...

आजको राशिफलः २०८३ साल असोज ९ गते शुक्रबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असोज ९ गते, शुक्रबार, ...

मेचीनगरमा शङ्कास्पद कङ्काल फेला

भद्रपुर । एक बङ्गुर फार्म पछाडि गाडिएको अवस्थामा एक व्यक्तिको कङ्काल मात्र ...

छापा संस्करण [ePaper]
  1. ताप्लेजुङमा एकपछि अर्को भीषण आगलागी
    असोज ९, २०८३
  2. आजको राशिफलः २०८३ साल असोज ९ गते शुक्रबार
    असोज ९, २०८३
  3. मेचीनगरमा शङ्कास्पद कङ्काल फेला
    असोज ८, २०८३
  4. धरानमा शिक्षक अभाव:नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी
    असोज ८, २०८३
  5. कोशीका चार अस्पताललाई ‘नमुना अस्पताल’ बनाइने
    असोज ८, २०८३
  6. तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
    असोज ८, २०८३
  7. नेपाली कांग्रेस धरान सभापतिमा प्रविण
    असोज ८, २०८३
  8. नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
    असोज ६, २०८३
  9. ‘दसैँमा घर जान यातायातको सहज व्यवस्था होस्’
    असोज ६, २०८३
  10. कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द
    असोज ६, २०८३
  11. कोशी प्रदेशमा लागूऔषधसहित ८ जना पक्राउ
    असोज ६, २०८३
  12. असोज ९ देखि ११ सम्म देशभर वर्षाको सम्भावना
    असोज ६, २०८३
  13. सुनचाँदीको मूल्य ओरालो
    असोज ६, २०८३
  14. मिथ्या सूचना नियन्त्रणमा समाचार समितिको भूमिका महत्वपूर्ण
    असोज ६, २०८३
  15. जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    असोज ६, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण