Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • मेचीनगरका विद्यालयमा स्तनपान कक्षको अभाव

मेचीनगरका विद्यालयमा स्तनपान कक्षको अभाव

alt
  • साउन १९, २०८१
  • ब्लाष्ट खबर

झापा/मेचीनगर नगरपालिका क्षेत्रका महिला प्रधानाध्यापक तथा शिक्षिकाले विद्यालयमा स्तनपान कक्षको अभाव भएको बताए।

नगरका ३१ जना महिला शिक्षिकाहरुले तीन महिने सुत्केरी विदा सकिएपछि शिशु लिएर विद्यालयमा जानुपर्ने बाध्यता रहेकाले अनिवार्य स्तनपान कक्ष आवश्यक राख्न माग समेत गरेका छन्।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथाकी, उपप्रमुख मिना उप्रेती र शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीलाई समेत भेट गरी स्तनपान कक्षको व्यवस्था गरिदिन आग्रह गरेको कविशिरोमणि माविका शिक्षिका नीलु शर्माले बताए।
“सरकारले सुत्केरी विदा भनेर तीन महिना बिदा दिने गरेको छ,” उनले भने–“त्यसपछि त विद्यालयमा जानैपर्छ।अधिकांश सुत्केरी गुरुआमाहरु आफ्ना बच्चाहरु च्यापेर विद्यालय पुगे उनका लागि स्तनपान गराउने अलग्गै सुरक्षित कोठाको व्यवस्था छैन।” उनले नगरका अधिकांश विद्यालयमा स्तनपान कक्षको व्यवस्था नभएको बताए। उनले स्तनपान गराउन घरसम्म जानुपर्ने बाध्यता रहेता पनि उल्टै किन घर गएको भनेर खप्की खानुपर्ने अवस्था रहेको गुनासो गरे।

अलग कोठाको प्रबन्ध नहुँदा शिक्षिका र छात्राले महिनावारीको अवस्थामा विद्यालयमा असुविधा व्यहोर्ने गरेको मेचीनगर–१ स्थित वाल विकास आधारभूत विद्यालयका शिक्षिका फडिन्द्र पौडेलले बताए। अधिकांश विद्यालयमा स्तनपान कक्ष र अलगको व्यवस्था नभएको उनले सुनाए।

विद्यालयहरुमा स्तनपान कक्ष र अलग कोठा मात्र नभएर शौचालय, पिउने पानी, खेलमैदान, खाजा घरलगायतका सुविधा तथा संरचनाको अभाव रहेको शिक्षिकाहरुले गुनासो गरे । विद्यालयमा छात्रा तथा शिक्षिकाहरुका लागि अलग शौचालय नहुँदा अप्ठेरो अवस्थाको सिर्जना हुने गरेको मेचीनगर–१५ स्थित ज्ञानद्वीप आधारभूत विद्यालयका प्रधानाध्यापक अञ्जु पौडेलले बताए।

शिक्षिकाहरुले महिला प्रधानाध्यापक रहेका विद्यालयमा भौतिक सुविधाका संरचना निर्माणमा पर्याप्त बजेट बिनियोजन गरिदिन माग गरेका छन्। खानेपानीको धारा, शिक्षिका तथा छात्राका लागि शौचालय, स्तनपान कक्ष र अलग निर्माणमा सरकारले बजेट दिनुपर्ने उनिहरुको माग छ। तुलनात्मक रुपमा ग्रामीण भन्दा सहरी क्षेत्रका विद्यालयमा सुविधा ज्यादा रहेको र गाउँका विद्यालयको भौतिक साधन र स्रोतको अवस्था दयनीय रहेको मेचीनगर–४ को दीपेन्द्र आधारभूत विद्यालयक प्रधानध्यापक शान्ता निरौलाले बताए।असुविधाकै कारण अधिकांश छात्राले पढाई छाड्ने गरेको उनको भनाइ थियो ।

मेचीनगर–२ को भानु माध्यमिक विद्यालयका प्रधानध्यापक खड्गकुमारी तिम्सिनाले विद्यालयमा मनोपरामर्श सेवाको व्यवस्था हुनुपर्ने र विद्यार्थी दिवा खाजाको रकम पर्याप्त हुनुपर्ने माग गरे। बाल कक्षामा कार्यरत शिक्षिकाहरु अवकाशबाट घर फर्किदा खाली हात जानुपर्ने गुनासो शिक्षिकाहरुले सुनाएका थिए ।
शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले शिक्षिकाहरुले उठान गर्नु भएको समस्या समाधानका लागि नगरपालिकाले शीघ्र पहल गर्ने र कतिपय विषय कार्यान्वयनको प्रक्रियामा रहेको बताए।

सुरक्षित मातृत्व तथा स्वास्थ्य अधिकार ऐन २०७५ मा हरेक स्वास्थ्य सस्थामा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।
सम्बन्धित समाचार
सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय पुग्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ...

धरानको जिरोपोइन्ट क्षेत्र दुर्घटनाको हटस्पट: दुर्घटना न्यूनीकरणका लागि ध्यानाकर्षण

धरान । धरान–धनकुटा कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका वडा नं. १३ स्थ ...

औषधि ऐन संशोधन नभए पुनः आन्दोलनको चेतावनी

विराटनगर । औषधि ऐन, २०३५ मा रहेका विभेदकारी प्रावधानहरू तत्काल संशोधन नभए प ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय पुग्यो
धरानको जिरोपोइन्ट क्षेत्र दुर्घटनाको हटस्पट: दुर्घटना न्यूनीकरणका लागि ध्यानाकर्षण
औषधि ऐन संशोधन नभए पुनः आन्दोलनको चेतावनी
पानी व्यवस्थापनमा जुट्दै धरानका कार्यवाहक नगर प्रमुख
धरानमा ‘सातौँ मिस्टर कोशी’ प्रतियोगिता हुने
एसियन हाइवेको निराशाजनक प्रगति
आजको राशिफलः २०८२ साल माघ १५ गते बिहीबार
झापा–३ को चुनावी चर्चाः लिङ्देनले ‘ह्याट्रिक’ गर्लान् त ?
ओखलढुङ्गामा वृद्ध दम्पतीको शृङ्खलाबद्ध हत्या
सचिवको अधिकार खोस्दै कर्मचारी सरुवामा हस्तक्षेप
स्पष्टीकरण नदिए सशक्त कारबाही गरियोस्
आजको राशिफलः २०८२ साल माघ १४ गते बुधबार
चेस पजल सोल्भिङमा २१ जनाको होड
कोशीका मुख्यमन्त्रीदेखि पूर्व सञ्चारमन्त्रीसम्मलाई आयोगको स्पष्टीकरण
रेवाहाङ स्मृति बास्केटबलको उपाधि मेघा हिमालयन कलेजलाई
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved