चिनियाँ उपन्यासकार तथा निबन्धकार डा.लुईस चा (जिन योङ)को सयौं स्मृति दिवसको अवसरमा हङकङमा मूर्तिकला प्रदर्शन गरिएको छ ।

हङकङको लिजर एन्ड कल्चरल सर्भिस डिपार्टमेन्टले हङकङ हेरिटेज म्युजियम र गुयु कल्चरल डेभलपमेन्ट फाउण्डेशनको सहकार्यमा प्रस्तुत गरेको ‘ए पाथ टु ग्लोरी’ नामक प्रदर्शनीमा विभिन्न मूर्तिकलाहरु राखिएका छन् । 

hk (3)

उपन्यासकार जिन योङद्वारा आफ्नो उपन्यासमा प्रयोग गरिएका पात्रहरुका २२ मूर्ति हङकङका प्रख्यात मूर्तिकार रेन झेले बनाएका हुन् । तिनै उपन्यासमा आधारित पात्रहरुका मूर्ति हङकङका सेन्ट्रल लगायत मुख्य ठाउँहरुमा प्रदर्शनमा राखिएको हो । निशुल्क रुपमा प्रदर्शन भइरहेको मूर्तिकला आगामी अक्टोबर ७ सम्म रहने बताइएको छ ।

hk (1)