श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ १२ गते शनिबार, २५ मे २०२४, कालयुक्त संवत्सर । ज्येष्ठ कृष्णपक्षको द्वितीया तिथि १९ः१८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र ज्येष्ठा १०ः५४ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः१० बजे र सूर्यास्त ०६ः५१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो-याउनु पर्ला।   

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य कमजोर रहनाले उपचारमा खर्च बढ्नेछ। यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा काम रोकिएला।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पहिरनले व्यक्तित्वमा आकर्षण बढाउनेछ।व्यावसायिक सफलताले हौसला जगाउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिएला। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मुद्दा मामिलामा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन् । काममा जग बसाउने मौका छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रोकिएका काम बन्नाले लाभ हुनेछ।मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ।   

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

चिताएका काम सम्पादन हुनेछन् । सन्तानको साथले पनि हिम्मत जगाउनेछ । दिन उत्साहपूर्ण रहला। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। कमजोरीलाई सुधार गर्ने मौका छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। विवादले आँटेका काममा बाधा पु-याउने हुँदा सजग रहनुपर्ला।