श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ  १० गते बिहीबार, २३ मे २०२४, कालयुक्त संवत्सर। वैशाख शुक्ल  पक्षको पूर्णिमा तिथि १९ः४५ बजे सम्म, उप्रान्त प्रतिपदा, नक्षत्र विशाखा  ०९ः३४ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः१० बजे र सूर्यास्त ०६ः५० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। सुख–दुःखमा साथ दिनेहरू भेटिनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तले पनि उत्साह जगाउनेछन् । पुरुषार्थी कामले समाजमा स्थापित गराउन सक्छ ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम बन्नाले मनग्य लाभ हुनेछ। ईष्र्या गर्नेहरूले हार खानेछन् । नयाँ योजना शुभारम्भ गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयले साथ दिनेछ भने प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गरेका कामबाट धनलाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन् ।हतारमा निर्णय लिँदा अप्ठ्यारो पर्नेछ ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनावश्यक साइनो गाँस्नेहरूसँग जोगिएर काममा जुट्नुपर्ने समय छ । चिताएका काम सम्पादन गर्न सकिनेछ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रक्रिया दोहो¥याउनु परे पनि फाइदा हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वचन पूरा गनै नसक्दा अरूले आलोचना गर्न सक्नेछन्। आत्तिने बानीले कामकाजमा बाधा हुन सक्छ।