श्री शालवाहनीय शाके १९४६ ने.सं.११४४ वि.सं. २०८१ साल जेठ ४ गते शुक्रबार, १७ मे २०२४, कालयुक्त संवत्सर, वैशाख शुक्ल पक्षको नवमी तिथि ०९ः०३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वफाल्गुनी २१ः२९ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः१३ बजे र सूर्यास्त ०६ः४७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अल्छी गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला । पुनर्विचार गर्नुपर्ने हुनसक्छ । महŒवाकाङ्क्षी योजना गोप्य राख्नुहोला।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ । बुद्धिको उपयोगले काम बन्नेछ । समस्या सुल्झाउन सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काम थाल्नुअघि विचार पु¥याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ । चिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा प्रशस्त लाभ हुनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ। धार्मिक क्षेत्रमा मन जानेछ ।

ज्यो.पंः मोहन घिमिरे
मो.नंः ९८१०४२५२५१