श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ ३ गते बिहीबार, १६ मे २०२४, कालयुक्त संवत्सर । वैशाख शुक्ल पक्षको अष्टमी तिथि ०६ः३८ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मघा १८ः२६ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः१४ बजे र सूर्यास्त ०६ः४६ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्ला।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुपर्ला । साँझदेखि स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायबाट मनग्य धनलाभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेका प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखापर्नेछन्।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आफन्तजनको विश्वास गुम्न सक्छ।नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ । विशेष लाभ मिल्न सक्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

श्रमको उचित मूल्याङ्कन हुनेछ । सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काममा राम्रो सुरुवात हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ।   

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। कामकाज लगनशीलताले मात्र पूरा हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समयमा होस नपुग्नाले खर्च बढ्नेछ । ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ । काममा फाइदा उठाउन नसकिएला।


- ज्यो.पंः मोहन घिमिरे
मो.नंः ९८१०४२५२५१