श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख  २३ गते आइतबार, ५ मे २०२४, कालयुक्त संवत्सर। वैशाख कृष्ण  पक्षको द्वादशी तिथि १७ः५९ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तरभाद्र २०ः१२ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः२१ बजे र सूर्यास्त ०६ः३९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायले आम्दानी बढाउने समय छ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुनसक्छ। सोखले फजुल खर्च बढाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुरुषार्थी काम प्रारम्भ हुन सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनाले मनग्य रकम हातलागी हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम गर्ने अवसर प्राप्त भए पनि सानोतिनो समस्याले अल्झाउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लाभ दिलाउनेछ। पेसातर्फ प्रशस्त फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । नाम र दाम कमाउने बेला छ। वैदेशिक यात्राको योग पनि रहेको छ ।