श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १८ गते मङ्गलबार, ३० अप्रिल २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्णपक्षको षष्ठी  तिथि ०७ः२९ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र उत्तराषाढा भोलि ०४ः३१ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः२५ बजे र सूर्यास्त ०६ः३७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्म, कर्म तथा परोपकारमा प्रवृत्त भइएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चिताएको काम छिट्टै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ने हुनसक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले पहिलेका कमजोरी सच्याउन सकिनेछ । पछिका लागि पूर्वाधार तयार पार्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । मनोरञ्जनको समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। रमाइलो यात्रा हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारलगायत आर्थिक लाभ हुने कामबाट फाइदा हुनेछ । प्रयत्न गरे सजिलै लक्ष्य प्राप्त हुनेछ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ। आम्दानी सोचेभन्दा राम्रो हुनेछ ।