श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १७ गते सोमबार, २९ अप्रिल २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्ण पक्षको पञ्चमी तिथि ०८ः१९ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पूर्वाषाढा भोलि ०५ः०२ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः२६ बजे र सूर्यास्त ०६ः३६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पु¥याउनु होला । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। पहिलेको उपलब्धिलाई थप उचाइमा पुर्याउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शत्रुता साध्नेहरू स्वयम् कमजोर हुनेछन्। हिम्मतले काम लिँदा फाइदा हुनेछ।चिताएको काम बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम र इनाम हातपार्न सकिनेछ । शुभचिन्तकहरूले काममा साथ दिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गर्दा दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। आँटेका काममा सन्तान र अनुयायीको सहयोग जुट्नेछ।