श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख ११ गते मङ्गलबार, २३ अप्रिल २०२४, कालयुक्त संवत्सर । चैत्र शुक्लपक्षको पूर्णिमा तिथि भोलि ०५ः३७ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र चित्रा २२ः४८ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः३१ बजे र सूर्यास्त ०६ः३३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुनसक्छ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ । मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूको साथ–सहयोग जुट्नेछ । स्वार्थका लागि नजिकिनेहरू बढ्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ । अरूको विश्वास गर्दा धोका हुन सक्छ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । समाजमा आफ्नो वर्चस्व बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भेटघाटले अवसर दिलाउनेछ । निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ ।     
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सानातिना काममा अलमलिनाले मुख्य काम रोकिन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले हात झिके पनि काम सम्पादन हुनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखार आउनेछ ।