आङ्बुहाङ समाज हङकङकाे कार्य समिति अध्यक्षमा दिपेन आङ्बुहाङ चयन भएका छन् ।

आईतबार हङकङकाे याक एन्ड यति रेष्टुरेन्टमा सम्पन्न समाजकाे आठाैं अधिवेशनबाट दिपेश अध्यक्षमा चयन भएका हुन् । 

समाजकी ज्येष्ठ नागरिक शिवरुपा आङ्बुहाङकाे अध्यक्षता र किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शेरबहादुर लक्सम्बाकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेसनले १३ सदस्यीय कार्य समिति र पाँच सल्लाहकार चयन गरेकाे छ ।

received_1575661943277134

कार्य समितिको उपाध्यक्षद्वयमा नरेन्द्र आङबुहाङ र बिबेक आङबुहाङ,  सचिवमा वसन्त आङबुहाङ, सह-सचिवमा आल्मोन आङबुहाङ, कोषाध्यक्षमा लिहाङ आङबुहाङ र सह- कोषाध्यक्षमा एनीका आङबुहाङ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा आसेश आङबुहाङ, सन्तोष आङबुहाङ, बालि आङबुहाङ, तोङहाङ आङबुहाङ, संदेश आङबुहाङ र मुक्कुम आङबुहाङ चयन भएका छन् ।

received_408468832135640

त्यस्तै सल्लाहकारहरुमा देबेन्द्र आङबुहाङ, कैलाश आङबुहाङ, लोकेन्द्र आङबुहाङ, संगीता आङबुहाङ र शिवरुपा आङबुहाङ (ईङनाम) चयन भएका छन् ।

अधिवेसनमा विभिन्न अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए ।