इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले  पथरी  नगरपालिका वडा नम्बर १०  शनिश्चरेमा रहेको शरणार्थी शिविरमा शनिबार स्वास्थ चौकी उद्घाटन गरेको छ।

उक्त स्वास्थ्य चौकीको उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  उद्घाटन गरेका थिए। शिविरमा रहेका बालबालिका,बृद्धाअवस्थाका नागरिकहरुले उपचार नपाएर ज्यान गुमाउनु परेको समस्यालाई हल गर्ने उदेश्यले शिविर खोलिएको हो।

 स्थानीय सरकारको स्वामित्व सञ्चालन हुने गरि नगरपालिकालाई स्वास्थ्य चौकी र एम्बुलेन्स हस्तान्तरण गरेको छ।साथै झापाको दमक नगरपालिकालाई समेत अर्को एम्बुलेन्स उपलब्ध गराएको छ। फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले स्वास्थ्य चौकीमा आवश्यक डाक्टरर नर्सहरु उपलब्ध गराउने बताएका छन्। उनले नेपाल बाहिर विभिन्न देशमा शरणार्थी भएर गएका नेपालीहरुलाई नेपाली कला, संस्कृति भाषा,नेपालको पहिचान जोगाउने उदेश्यले संथा खोलिएको बताए।

 शिविरमा भएका समस्यालाई आर्थिक र सामाजिक रुपले सहयोग गर्दै आएको छ। उनले बाल्यकाल आफुले शिविरमा बिताएका ती दुखका दिन अनेकौं अप्ठ्यारो समस्या र उपचार नपाएर आफ्नो आँखा अगाडि मृत्युु भएको देख्दा उनले भविष्यमा उपचारबाट बञ्चित भएर कसैले ज्यान गुमाउनु नपरो भनेर अस्पताल खोल्ने सपना देखेका थिए। उनले देखेको सपना लामो संघर्ष पछि पूरा गर्ने पाउँदा निकै खुशि भएको अभिव्यक्ति प्रकट गरेका छन्।  

आफू भुटानी शरणार्थी हुँदा शिविरमा भएका त्यस्तो दुख अब आएर कसैले पनि भोगनु नपरोस् भनेर  शिक्षको लागि र स्वास्थ्यका लागि प्रत्येक बालबालिका र बृद्धाहरुलाई जनही ५ हजार सहयोग गर्दै आएको छ।

IMG20240420133755

अस्पतालमा विपिका बरिष्ठ डाक्टर रविन मास्केले उपचारमा सहयोग गर्ने बताएका छन्। डा.मास्केले  फाउन्डेसनले गरेको सहयोगको कमा निकै राम्रो भएकाले आफु पनि केही समय देखि संस्थासँग जोडिएकाले संस्थाले गरेका सामाजिक कार्यले गर्दा आफुले पनि निस्वार्थ रुपमा बिमारीहरुको स्वास्थ्य उपचार गर्दै आएकाले अब शिविरमा समेत हप्ताको एक पटक डा. मास्केले आफुसहि आफ्नो टोलि नै लागेर  स्वास्थ्य चेकजाँच गर्ने बताए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले इन्ट्रा फाउन्डेशन र डिल्ली अधिकारीको कामलाई प्रसंसा गरेका छन् । आफू भुटानी भएर बिदेश रहेपनि नेपाली भुमि नेपाली माटोलाई माया गर्ने एक सच्चा मनका इमानदारी उदाहरणीय पात्र रुपमा डिल्ली अधिकारीलाई आफुले पाएको बताए । नेपालको राजनीतिको  उच्च ओदामा रहेका व्यक्तिले भन्दा शरणार्थी भएर  बिदेश भुमिमा दुख, संघर्षबाट कमाएको केहि प्रतिशत नेपालमा रहेका अक्तहरुलाई  आर्थिक र सामाजिक सहयोग गरेका छन् ।

मन्त्री कार्कीले अरु प्रदेश अथवा  काठमाडौंले के गर्छ, गर्दैनन् तर कोशी प्रदेश सरकारले संसार भरि छरिएका नेपालीहरुलाई एकजुट बनाउन सहयोग गर्ने बताए। उनले आफू सरकारमा रहेपनि नरहेपनि सदैव इन्ट्रा फाउन्डेसनसँग जोडिएर साथ दिने बताए।अबको विकास मानवीय विकासबाट मात्रै भौतिक विकास गर्ने सकिने भएकाले प्रदेश १ ले लगानी मैत्री  बातावरण बनाउने लगानी गरेर आएको  नाफा बाड्नु तर नेपाललाई बाहिर गएर आएपछि माग्ने सम्झेर दान नदिन अनुरोध गरे।

मेरो देश मेरो माटोमा केही लगानी गर्छु विकासको बिरुवा रोपेर मल‍जल गरि पानी हाल्छु त्यसको उब्जनी गरेर गरिखान्छु भनेर अब अटोट गर्ने समय आएको बताए।

IMG20240420133800

पढेर बिदेशका देश बनाउन परिश्रम गर्ने  पाखुरी चलाउने हामी बाहादुर गोर्खाली नेपाली हौँ तर किन आफ्नो देशको खेति बाजो राखेर अरुदेशको खेति गर्ने जान्छौं नेपालमा गरिखाने ठाउँ पाएकाले किन बिदेको गुलामी गर्ने जान्छौं ।

अनि सरकारले यो गरेर त्यो गरेर भनेर गुनासो गर्नेु सटा अब नेपालि भुमिमा नै उब्जनी गर्ने जोड दिएका छन्। बिदेशको नागरिकता भोकेर नेपालीको भाषा र पहिचान  जोगाउन नेपालीलाई जोड्न यो संस्था खोलेर अध्यक्ष अधिकारी एक उदाहरणीय पात्र रहेको बताए ।

इन्ट्रा फाउन्डेसन संस्था अमेरका  नेपाल दुबैमा दर्ता भएको संस्था हो।  विश्वभर नेपाली संस्कृतिको प्रवद्र्धन गदै नेपाली संस्कृतिलाई विश्वभर विभिन्न कार्यक्रम गर्दै नेपालीहरुलाई  एक बनाउने कार्य गर्दै आएको छ। भने बालबालिका, वृद्धा अपाङ्गता भएका व्यक्तिहरू र अन्य सीमान्तकृत समूहहरूलाई आफ्ना विभिन्न परियोजनाहरूको मुख्य लक्ष्यको रूपमा मद्दत गर्दै आएको छ।

संस्थाले नेपालभर रहेका विभिन्न शरणार्थी शिविरहरूमा सामाजिक तथा आर्थिक  सहयोग गरेर  मद्दत गर्न शिविरमा बस्ने सम्पुर्ण शरणार्थीहरुको जीवनस्तर उकास्न साथै शिक्षा,स्वास्थ्यमा, स्वच्छ खानेपानी र खेलकुद जस्ता क्षेत्रमा शिविरहरूलाई सहयोग गरिरहेको छ।