श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख ९ गते आइतबार, २१ अप्रिल २०२४, कालयुक्त संवत्सर । चैत्र शुक्लपक्षको त्रयोदशी तिथि भोलि ०१ः२९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र उत्तरफाल्गुनी १७ः२२ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः३३ बजे र सूर्यास्त ०६ः३१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको नतिजाले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुने योग परेको छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सम्मानित स्थान दिलाउने योग छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । आज धेरैको उपकार गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको भर पर्दा काम बिग्रन सक्छ । मान्यजनको सहयोगले तत्कालको अन्योल भने समाप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई तत्काल पछ्याउने प्रयास गर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिवश आँटेको काम गर्न बाधा पर्ने देखिन्छ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहो¥याएर काम गर्नुपर्ला ।
 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।    
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयमा फाइदा उठाउन सकिनेछ । मनोरञ्जनमा समय बित्नेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर पनि उपलब्धि हात पार्न सकिनेछ ।