वराहक्षेत्रस्थित सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेका चार जनालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ । 

महाकुम्भ मेलाको सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनी पकलीबाट खटिएका सशस्त्र प्रहरीको प्रादेशिक विपद व्यवस्थापनको टिमले उद्दार गरेको हो । 

सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पूष्पलाल मोक्तान र सहायक हवल्दार श्यामकुमार भुजेलले डुबेका युवाहरुलाई उद्दार गरेका हुन् । मध्याह्न १२ बजे नदीमा पौडी खेल्ने क्रममा विराटनगरबाट आएका विद्यार्थीहरु नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । उनीहरुलाई जीवितै उद्दार गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

विपद व्यवस्थापनमा १० जना सशस्त्र प्रहरी वराहक्षेत्रस्थित सप्तकोसी नदीमा खटिएका छन् ।