श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख ८ गते शनिबार, २० अप्रिल २०२४, कालयुक्त संवत्सर । चैत्र शुक्ल पक्षको द्वादशी तिथि २२ः५७ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पूर्वफाल्गुनी १४ः१७ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः३४ बजे र सूर्यास्त ०६ः३१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आँटले सजिलै लक्ष्यमा पु¥याउनेछ। सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दिगो फाइदा हुने काम सम्पादन हुनेछ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

काममा अरूले अवरोध पु¥याउनेछन्। आफ्ना सामानमा अरूले दाबी गर्लान् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साथीभाइले साथ नदिन सक्छन् । व्यवसायमा सोचेको फाइदा नहुन सक्छ । अरूका लागि समय दिनुपर्ने देखिन्छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ । काममै अल्झनुपर्दा उद्देश्यबाट विमुख हुनुपर्ने स्थिति आउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नियमित काम सम्पादन हुनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइएला । अन्य कार्य पनि फलदायी हुनेछन्।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।    

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ कामको प्रस्ताव आउनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। जीवनशैलीमा परिवर्तन ल्याउनेछ।