श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख ५ गते बुधबार, १७ अप्रिल २०२४, कालयुक्त संवत्सर । चैत्र शुक्लपक्षको नवमी तिथि १५ः२७ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्लेषा भोलि ०८ः०७ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः३७ बजे र सूर्यास्त ०६ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । अरूको फाइदाका लागि उपयोग भइनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। मिहिनेतले आँटेको काम बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । प्रशस्त धन आर्जन हुने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले मानसम्मान दिलाउनेछ । बौद्धिक क्षमतामा निखार आउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत गरेमा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा प्रगति हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ । कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । कामतर्फ विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ, क्रियाशील रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । समस्या सुल्झाउन कर्जा लिनुपर्ला।