श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख २ गते आइतबार, १४ अप्रिल २०२४, कालयुक्त संवत्सर। चैत्र शुक्ल पक्षको षष्ठी तिथि १२ः०१ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र आद्र्रा भोलि ०१ः४८ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः४० बजे र सूर्यास्त ०६ः२८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिगो काम थाल्नाले आम्दानीका स्रोत बढ्नेछन्। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नियमित काममा मनग्य फाइदा हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आयस्रोत बढ्नुका साथै दिगो काम सुरुवात हुनेछ।इच्छाशक्ति बढ्नुका साथै कामको यश लिने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। दिन सामान्य रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयत्नले पनि काम बन्नेछ। बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। खर्च अभावले सताउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्राको सम्भावना छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पेसा–व्यवसायबाट मनग्य फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
केही सञ्चित रकम बाहिरिन सक्छ। परिस्थितिजन्य समस्याले दुःख पाइनेछ। दिन सामान्य रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। सावधानी अपनाउनु होला ।