श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल चैत ३० गते शुक्रबार, १२ अप्रिल २०२४, पिङ्गलनाम संवत्सर । चैत्र शुक्लपक्षको चतुर्थी तिथि १३ः३० बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र रोहिणी भोलि ०१ः०६ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः४२ बजे र सूर्यास्त ०६ः२७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मनोभाव विचार गरेर अघि बढ्नुहोला।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पेसा–व्यवसायमा प्रशस्त फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ। केही दौडधुप गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ । तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका स्रोत फेला पर्नेछन् । कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रकम अभावले काम रोकिन सक्छ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर प्राप्त हुने सम्भावना छ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जटिल काम सजिलै सम्पादन हुनसक्छ। मनोरञ्जनमा समय बित्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।