श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल चैत २९ गते बिहीबार, ११ अप्रिल २०२४, पिङ्गलनाम संवत्सर । चैत्र शक्लपक्षको तृतीया तिथि १५ः२१ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र कृतिका भोलि ०१ः५४ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः४३ बजे र सूर्यास्त ०६ः२६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समय फुर्सदिलो रहनेछ । रचनात्मक काम गर्न सकिनेछ । जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।    
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा खर्च हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम बनाउन खर्च र दौडधुप गर्नुपर्ने हुनसक्छ । अनावश्यक किनमेलमा पनि अधिक खर्च हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पेसा–व्यवसायमा कम आम्दानी हुने समय छ। उधारोमा व्यापार गर्नुपर्ला। अरूका लागि रकम खर्चनुपर्ने हुनसक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तबाट टाढा भइनेछ । प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ । कामबाट भने फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।  
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ अवसर पनि दिलाउन सक्छ । तारिफयोग्य काम सम्पादन गर्दै नाम र दाम आर्जन गर्न सकिनेछ ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। मेहनतले सफलता दिलाउन सक्छ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।