धनकुटा । नेपाल तामाङ युवा घेदुङ सुनसरीको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल तामाङ घेदुङ सुनसरीद्वारा धरानमा आयोजित तामाङ युवाहरूको सम्मेलनले नेपाल तामाङ युवा घेदुङ सुनसरीको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सम्मेलनबाट अध्यक्षमा इटहरीका प्रदीप तामाङ सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा राम सिङ्गर, महिला उपाध्यक्षमा विनिता मोक्तान, सचिवमा हर्कबहादुर योञ्जन(अमन), कोषाध्यक्षमा मीना घिसिङ, सह–सचिवमा रमेश मोक्तान र सह–कोषाध्यक्षमा निरकुमार मोक्तान चयन भए । त्यसैगरी सदस्यहरूमा सानु घिसिङ, धनबहादुर घिसिङ, जितेन्द्र योञ्जन, कुमार तामाङ, विक्रम योञ्जन तामाङ, राजेश पाख्र्रिन र अविन योञ्जन(बुद्ध) सर्वसम्मत चयन भएका छन् ।

प्रमुख अतिथि रहेका नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङले तामाङ जनताको घर–घरमा घेदुङको लक्ष्य, उद्देश्य, कार्यक्रम, विचार र चेतना फैलाउन दक्ष र परिपक्व तामाङ युवाहरूको सङ्गठित शक्तिको महŒवपूर्ण भूमिका हुने बताए । उनले नवगठित युवा घेदुङका पदाधिकारी र सदस्यहरू हरेकले जिम्मेवारी बोधका साथ कार्य गर्नुपर्नेमा जोड दिए ।

घेदुङका प्रदेश अध्यक्ष रेखबहादुर घिसिङले तामाङ पहिचानलाई प्रवद्र्धन गर्न हप्ताको एक दिन तामाङ विद्यार्थीहरूले तामाङ भेषभूषामा विद्यालय जाने व्यवस्थाका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापनसँग आवश्यक समन्वय र पहल गर्न आग्रह गरेका थिए ।

सम्मेलनमा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष घिसिङ अध्यक्ष र धरान नगर अध्यक्ष सपन योञ्जन तथा नेपाल तामाङ महिला घेदुङ, धरानका अध्यक्ष गोमा तामाङ सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयनसम्बन्धी सम्पूर्ण कार्य गर्नुका साथै सपथ ग्रहणसमेत गराएको थियो ।