हङकङ तेह्रथुम मञ्चको १५ र्औ वार्षिक कार्यक्रम भेला विविध कार्यक्रम सहित आईतबार भव्य रुपमा मनाइएको छ ।

हङकङको चुनमुन सुई लाम स्थित सुई लाम बीबीक्यू सेन्टरमा भएको कार्यक्रममा विभिन्न भेषभुषा प्रदर्शनसँगै धान नाच, च्याब्रुङ नाच, हाक्पारे प्रदर्शन गरिएको थियो । त्यस्तै कार्यक्रममा ढिकी, जाँतो, डोको, डालो जस्ता परम्परागत मौलिक समानहरुको प्रदर्शनी पनि गरिएको थियो ।

terhathum manch (2)

मञ्चका अध्यक्ष सुरेश इस्वाको सभापतित्व तथा हङकङ नेपाली महासंघ अध्यक्ष रिता गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  किरात याक्थुङ चुम्लुङ हङकङ अध्यक्ष शेरबहादुर लक्सम्बा, इलाम समाज हङकङ अध्यक्ष बसन्त राई, पाँचथर मञ्च हङकङ अध्यक्ष कमान ध्वज लावती, ताप्लेजुङ मञ्च हङकङ अध्यक्ष सञ्जय तुम्बाहाङ्फे, झापा मञ्च हङकङ अध्यक्ष बाबाध्वज हाङस्रोङ, सुनसरी मञ्च अध्यक्ष रुक्मान कन्दङ्वा, शेर्पा समाज हङकङ अध्यक्ष पासाङ शेर्पा, तमु समाज १ नं.प्रदेश अध्यक्ष हेमप्रताप गुरुङ, मगर संघ हङकङ अध्यक्ष हर्क राना, तामाङ घेदुङ हङकङ अध्यक्ष अनिता लामा लगायतको उपस्थिति रहेको थियो ।

terhathum manch (1)

terhathum manch (4)