बढ्दो अटिजमको समस्या बारे आम नागरिकमा सचेतना जगाउन हङकङमा हाईकिङ (पदयात्रा) गरिएको छ ।

अप्रिल महिनालाई विश्वभर अटिजम सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । सोहि अवसरमा हङकङमा विगत चार वर्षदेखि अटिजम बारे सचेतनामुलक कार्यक्रम गर्दै आएको कृति चिल्ड्रेन सेन्टर फर लर्निङ एन्ड डेभलपमेन्टले आईतबार हङकङको पिकमा हाईकिङ आयोजना गरेको हो ।

hk (1)

समावेशीकरणका निमित्त सामुदायिक अभियानका रुपमा अटिजम सचेतना जगाउन हाईकिङ आयोजना गरिएको सेन्टरकी को—फाउन्डर करिश्मा राईको भनाई छ । अटिजम सचेतना महिना अप्रिललाई स्वागत गर्दै सबैमा अटिजमबाट बच्न र अटिजम भएमा समयमै उपचार गर्न ध्यानाकर्षण गराउन यस्तो कार्यक्रम आयोजना गरिएको को-फाउन्डर राईको भनाई छ ।

 ‘एकताको कदम’ नारा सहित आयोजना गरिएको हाईकिङमा हङकङ स्थित नेपाली समुदायका प्रतिनिधिहरु र अटिजम प्रभावित परिवार समेत सहभागी थिए । हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसनले गाईड गरेको हाईकिङका लागि तमु ट्हो ह्युल हङकङ र प्रदेश नं.१ गुरुङ समाज हङकङले सहयोग गरेका थिए ।

hk (3)