बराक्षेत्र हरिद्वारा चतराधाममा लाग्ने बाह्रबर्षे  पिण्डेश्वरी पुर्ण माहा कुम्भमेलाको छलफल  शुक्रबार  धरान उधोग वाणिज्य संघको सभाहलमा  बसेको छ।

 हरेक १२ बर्षमा लाग्ने कुम्भमेला यहि  चैत्रको २७ गतेबाट  बैशाख २८ गते सम्म लाग्ने हुदा उक्त  पिण्डेश्वर मन्दिरको समेत नाम जोडिएर यो बर्षबाट पिण्डेश्वर पुर्ण माहाकुम्भ मेला भनेर प्रचारप्रसार गरिएको जनाइएको छ ।  उक्त मेलामा आउने भक्तजनहरुलाई धरानको पिण्डेश्वर मन्दिरमा जल अर्पण गरेर मात्रै  कुम्भमेलाको फल प्राप्ति हुने विश्वास जगाउनुषर्जे भन्ने विषयमा छलफल केन्द्रित थियो ।

 पितरुमल अग्रवालको अध्यक्षतामा भएको उक्त छलफलबाट  धरानमा धार्मिक पर्यटक भित्र्याउन र धरानमा आउने भक्त जनहरुलाई यातायात, सुविधा साथै सहुलित भाडा दर कायम गर्न यातायात व्यवायी संघसँग  छलफल गर्ने , बराक्षेत्रको कोशीको पानी धरानको मन्दिरमा चढाएर दर्शन गरे मात्रै    कुम्भमेलाको फल प्राप्ति हुने  विषय प्रचार गरिनु पर्ने बताए।

साथै बराक्षेत्रको झण्डा चोकमा होडिङ वोर्ड राख्ने , भक्तजनहरुलाई खाजाको व्यवस्था गर्ने, उक्त क्षेत्रबाट धरान आउन यतायातको सुविधा उपलब्ध गराउने छलफल भएको छ।

IMG20240329162316

धरान उपमहानगरपालिका मेयर हर्क साम्पङ्ग राईको  नेतृत्वमा २० वटै वडाका  अध्यक्षहरु र कार्यापालिका सदस्यहरु रहनेगरी कुम्भमेला सहयोगार्थ समिती समेत निर्माण गरी बराक्षेत्र कुम्भमेलामा आउने तिर्थालुहरुलाई धरान भित्र्याउन सबैले आफ्नो जिम्मेवारी निभाउने गरि काम गर्ने  कार्यपालिका वैठकमा छलफल भएको  कार्यपालिका सदस्य सिर्जना  नेपालले   बताइन् । 

 प्रचारप्रसार समितिको संयोजक दिनेश गजमेरले  कुम्भमेला संगै पिण्डेश्वरको दर्शन गर्नु पर्छ भनेर ब्रोसर बनाउने, इटहरीबाट धरान आउने र बराक्षेत्रबाट धरान आउने बाटोमा राखिने धरानका मुख्य घुम्ने ठाउँ र धरानको मठमन्दिर दर्शन गर्न सहज हुनेगरि क्युआर कोडबाट नै जानकारी लिन सकिने गरि प्रचारप्रसार गरिने बताए ।

 धिरेन्द्र सास्त्री  आउने भन्ने वित्तिकै लाखौ भक्तजनहरू भेट्न  धरान आउनु धरानको मात्र नभएर पूर्वकैलागि निकै ठुलो कुरा  हुने र खासगरी भएकाले  धरानका व्यवसायीहरुले लाभ लिन सक्ने पनि उनले बताए । 

निमित्त कार्याकारी प्रमुख गणेश खतिवडा, यतायात व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले धरानमा १ महिना सम्म ट्याफु,सफारीहरुमा मन्दिर सम्म जान एकरुपता भाडादर कायम गर्ने बताए। 

  उक्त छलफल कार्यक्रममा सुनसरी उद्योग बाणिज्य संघ अध्यक्ष बिजय श्रेष्ठ, धरान उपमहानगरपालिका वडा न १८ का अध्यक्ष तथा मेलाको यातायात ब्यबस्थापन समिती सम्योजक नरेन्द्र कुमार राई (प्रबिन)  उपस्थिती रहेको थियो ।