धनकुटा । धनकुटामा रोकी राखेको लहरीमा पिकअप ठोक्किदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्रकका चालक सिरहा गोल बजार घर भई धनकुटा नगरपालिका ९ बस्ने ३० बर्षिय निरज ठकुरी रहेका छन्। ठकुरी लहरीमा ग्यास लोड गदैगर्दा पिकपले ठक्कर दिँदा लहरी माथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सिधुवाबाट सब्जी लोड गरेर धरान तर्फ जाँदै गरेको बा‍.प. ०१–०२६ च ८९९२ नम्बरको पिकअप गाडी धनकुटा नगरपालिका ६ स्थित कोल्डस्टोरमा रोकिराखेको बा.प.०१–००६ ख ४६५२ नम्बरको लहरीमा ब्रेक फेल भई ठोकिएको थियो।

पिकअपले एक मोटरसाइकल र स्कुटरलाई समेत क्षती पुर्याएको छ। पिकअप चालक चेत बहादुर बिसुङ्खेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख श्याम सिंह चौधरीले बताए ।