दोहोरो नागरिकता लिएको उजुरीमा इनरुवाका एक दर्जन सुनचाँदी व्यवसायीउपर छानबिन थालेको छ।

दोहोरो नागरिकता लिएको भन्ने उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवाको मुख्य बजारक्षेत्रमा रहेर वर्षौंयता सुनचाँदीको व्यापार गर्दै आएका दर्जन व्यवसायीउपर छानबिन थालेको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुसन्धानका लागि भन्दै उजुरी परेका इनरुवाका सुनचाँदी व्यवसायीलाई प्रहरीमार्फत् पक्राउ गर्न पत्राचार नै गरेको थियो। पत्राचारपश्चात् उपस्थित गराइएकाहरूको सवालमा छुट्टाछुट्टै बयान लिइएको प्रशासन स्रोतले जनाएको छ। 

प्राप्त जानकारीअनुसार सुनचाँदी व्यवसायीलाई तारेखमा छाडिएको छ। जसउपर अनुसन्धान जारी छ। भारतको बिहार राज्य र उत्तर प्रदेश राज्यका विभिन्न जिल्लामा जन्म भई भारतीय नागरिकतासमेत लिएका एक दर्जन बढी व्यक्तिले सुनसरीको इनरुवा नगरपालिका १ नम्बर वडामा समेत स्थायी ठेगाना देखाएर नेपाली नागरिकता लिएको उजुरी परेको स्रोत बताउँछ । सोही आधारमा सुनसरी प्रशासनले छानबिनका लागि अनुसन्धान थालेको बताइएको छ।

छानबिनमा रहेका इनरुवाका सुनचाँदी व्यवसायीहरूलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला प्रहरी कार्यालय सुनसरीमार्फत् नेपाली नागरिकताको सक्कल प्रतिसहित पक्राउ गरी हाजिर गराउन भनेको थियो । जसले समेत दोहोरो नागरिकताउपरको छानबिनको विषय स्पष्ट रहेको इनरुवाकै व्यापारीहरूको बुझाइ छ। सोही आधारमा १२ जना सुनचाँदी व्यवसायीलाई बयान लिएर तारेखमा हाजिर गराउँदै राखेको उनीहरूको ठम्याइ छ।

 प्रशासन स्रोतका अनुसार इनरुवामा सुनचाँदीको कारोबार गर्दै आएका एक दर्जन ती व्यापारीहरूले नेपाली नागरिकता लिनुपूर्व नै आफू जन्मिएको देश छिमेकी मुलुक भारतबाट आवश्यक आधार कार्ड, रासन कार्ड, मतदाता नामावलीलगायतका सरकारी कागज र भारतीय नागरिकता लिएको प्रमाणसहित उजुरी परेको छ। सुनसरी प्रशासनले छानबिन र अनुसन्धानका क्रममा हाल १२ जनासँग बयान लिएर तोकिएको मिति, समयमा प्रशासनमा हाजिर हुने गरी तारेखमा राखिएको बुझिएको छ। 

सुनसरी प्रशासनले बयान लिएर तारेखमा छाडेका सुनचाँदी व्यवसायीहरूमा आरके ज्वेलरीका सञ्चालक शम्भु ठाकुर, जयलक्ष्मी ज्वेलरीका सञ्चालक उपेन्द्र स्वर्णकार, नागमणि ज्वेलरीका सञ्चालक दिलिप सोनी, मनोकामना ज्वेलरीका सञ्चालक बब्लु साह रहेका छन्। यसैगरी तारेखमा छाडिएका सुनचाँदी व्यवसायीहरूमा आदर्श ज्वेलरीका सञ्चालक तरुण सोनी, गणेश ज्वेलरीका सञ्चालक श्रवन सोनी, मनोकामना ज्वेलरीकी सञ्चालिका मञ्जुदेवी