१८२ औं समूहका प्रशिक्षार्थीहरुको कोशी प्रदेश प्रहरी प्रमुखसँग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्धारा प्रहरी निरीक्षक पदमा नियुक्त भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागंज काठमाडौंमा तालिमरत १८२ औं समूहका  १८ जना प्रहरी  प्रशिक्षार्थीहरुसंग अन्तरकृया कार्यक्रम सहभागी भएका थिए।

मंगलबार  कोशी प्रदेश प्रहरी कार्याल विराटनगरमाको सभाहलमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको  आतिथ्यमा उक्त अन्तरकृया कार्यक्रम भएको थियो।

 सो  कार्यक्रम पश्चात तालिमरत प्रशिक्षार्थीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सम्पुर्ण शाखाहरुको स्थलगत  अवलोकन गराउनुको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका पाठ्यक्रममा बिभिन्न पेशागत सैद्धान्तिक विषयवस्तुका साथसाथै व्यवहारिक अध्ययन र भ्रमण कार्यक्रम पनि समावेश गरिएको छ। 

साथै प्रशिक्षार्थीहरुलाई   प्रहरीको तल्लो स्तरसम्मको कार्यालयहरुमा खटाई व्यवहारिक रुपमा वस्तुस्थितिहरुसँग परिचित गराउने उद्देश्य  अन्तरक्रिया कार्यक्रम आयोजना गरेको  प्रदेश प्रहरी कार्यालय विराटनगरमा जानकारी दिएको छ।