ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर - ३ स्थिति  ढुङ्गाले किचेर  ५९ बर्षिय रामचन्द्र गुरुङको  मृत्यु भएको छ।

 सोमबार करिब ३ बजेको समयमा सोही स्थानमा रहेको ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर  गुरुङ खाजा  खान बसेका थिए।  

त्यसैक्रमा  माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमानै  उनको मृत्यु भएको थियो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । प्रहरीले जनाएको छ।