विराटनगरमा आज उल्लासमय वातावरणमा होली मनाइँदैछ। मानिसहरु एकापसमा रङ लगाएर बधाई तथा शुभकामना आदानप्रदान गरिरहेका छन्। 

होली पर्वमा अप्रिय घटना हुन नदिन र मादकपदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गर्दै प्रहरीको विशेष सुरक्षा व्यवस्था लागू गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन दाहालले होलीमा सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्। उनका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन।