धनकुटा । जिल्ला सदरमुकाम धनकुटा बजारमा अघिल्लो वर्षहरुमा झै यो वर्ष पनि भव्य रुपमा होली पर्व मनाइएको छ ।

जिल्ला सदरमुकाम धनकुटा वजारको विभिन्न चोकमा भेला भएर धनकुटेलीहरुले रंगहरको पर्व होली मनाएका हुन् । यस पटको होली पर्वमा वयस्क, यूवायुवती र केटाकेटीहरुको वढी भिडभाड देखिएको थियो । होली पर्व यस पटक धनकुटा, हिले र सिधुवा वजारमा विशेष कार्यक्रमको आयोजना गरेर स्थानिय युवाहरुको पहलमा हर्ष उल्लासको साथ होली मनाएका छन् ।

यस पटक भने होली प्रेमीहरुले वजारको चोक चोकमा भेला भएर एकआपसमा रंगदल्ने, टिका लगाएर रंगीविरंगी रंङ्गहरुमा रमाएका थिए । यसै क्रममा होली पर्वको अवसरमा धनकुटा नगरपालिका वडा नं. ६ स्थित भिमसेन थानमा सोमवार होली विशेष सांगितिक कार्यक्रम सम्पन्न भएको छ ।

वौद्धिक विकास समाज धनकुटाको आयोजनामा सम्पन्न भएको लाईभ म्यूजिक कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.४ स्कुलडाँडामा रहेको आरोह व्याण्डका र्याप स्टार स्काई एडीले प्रस्तुती दिएका थिए । आयोजित कार्यक्रममा सयौं युवायुवतीहरु रंग खेल्न र एक अर्कामा शुभकामना साटसाट गर्न सहभागी भएका थिए । कार्यक्रममा स्थानीय कलाकारले विभिन्न गीत संगितमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

त्यसैगरी हाम्रो डान्स सेन्टर धनकुटाले पनि होली पर्वको अवसरमा जुम्वा नृत्य प्रश्तुत् गरेको छ । डान्स सेन्टरका संचालक सन्तवीर तामाङका अनुसार डान्स सेन्टरमा सहभागी सवैलाई एकै थलोमा राखेर यस वर्षको होली मनाएको बताए । उनले होली पर्वको अवसरमा सामुहकि जुम्वा नृत्य हाम्रो डान्स सेन्टरले प्रश्तुत् गरेको बताए ।

त्यसैगरी स्थानिय मदनचोकमा दशक अघिदेखि सुरु गरिएको होलीनृत्य तथा सांगितिक कार्यक्रममा विशेषगरी युवा जमातको यो वर्ष उल्लेख्य सहभागिता रहेको थियो । होली पर्व द सेभन यूथ ब्लव, हाम्रो पाहुना घर र हाम्रो वुहुमखी धनकुटाले आयोजना गरेको पाठशालाका सञ्चालक सरोज भूजेलले बताए । उनले होली विशेष कार्यक्रममा हाडी फुटाई प्रतियोगिता समेत आयोजना गरेको बताए ।

हाडी पुटाउने एकल प्रतियोगिताम राम नेपालीले विजय हासिल गरेका थिए भने मट्का फुटाउने प्रतियोगितामा कृष्ण शाहाको समूहले जित हाशिल गरेको थियो । विजयी टोलीलाई आयोजकको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।  

dkt holi2

dkt holi1